दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

दार्चुलाको अपिहिमाल गाउँपालिका– १, भट्टारमा पहिरोले चौलानी नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेको बताउँदै प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

‘माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न उक्त नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू तथा सम्बन्धित निकायहरूमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ।

सुझावित समाचार