सुनको मूल्य तोलामा दुई हजार पाँच सय रुपैयाँ बढ्यो

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँमा कारोबार हुने भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार नाै सय रुपैयाँ थियो।

दैनिक कारोबारमा सुनको मूल्य बढे पनि एक साताको अवधिमा भने प्रतितोला ११ हजार १ सय रुपैयाँले घटेको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला चार हजार ७२५ रुपैयाँ थियो।

एक साताअघि अर्थात् गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार