खैराे हिराेइनसहित चारजना पक्राउ

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

सुर्खेतमा स्कर्पियो गाडीमा सवार चारजना खैरो हेरोइनसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुना क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कर्णाली प्रदेश–०२–००१ च ०८७६ नम्बरको स्कर्पियो गाडीमा सवार चारजनाको साथबाट १९.५१० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ का १८ वर्षीय समीर सुनार, ३२ वर्षीय दीपेन्द्र बैगार, १५ वर्षीय विशाल गन्दर्भ र १७ वर्षीय नरेश सुनार रहेका छन्।

उनीहरूबाट खैरो हेरोइनसँगै स्कर्पियो गाडी एक थान र मोबाइल पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छन् ।

सुझावित समाचार