भदौ २३ गतेलाई जेन–जी सहिद दिवस घोषणा, सरकारले दियो सार्वजनिक बिदा

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले भदौ २३ गतेलाई जेन–जी सहिद दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिनलाई जेन–जी सहिद दिवस घोषणा गरेको हो।

‘२०८३ साल भदौ २३ गते जेन–जी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने,’ बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने।

सरकारले जेन–जीको नेतृत्वमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनलाई यसअघि नै जनआन्दोलनको मान्यता दिएकाे थियाे। गत मंसिर २४ गते जेन–जी प्रतिनिधिसँग भएको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ।

सुझावित समाचार