एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड आज

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ आज बिहीबार हुँदै छ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २३औँ संस्करण राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा हुनेछ। यसपटक स्पोर्टस् अवार्डलाई बाढीपीडित प्रभावितप्रति समर्पित गरिएको छ ।

नेपाली खेल पत्रकारहरूको छाता संगठन मञ्चले नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्त्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड’मा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने गर्दछ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा नाै विधामा प्रदान गरिनेछ । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेको छ । 

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा चन्द्रबहादुर थापा (बक्सिङ), सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बजाइली मगर (कराँते), दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र सदभाव आचार्य (गल्फ) परेका छन् । वर्ष महिला खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराँते), सानुमाया थिङ (कराँते), सन्तोषी श्रेष्ठ (एथलेटिक्स), सावित्रा भण्डारी (फुटबल) र सविना श्रेष्ठ (कराँते) रहेका छन् । 

त्यस्तै, वर्ष युवा खेलाडीको प्रतिस्पर्धा अर्पिल राना (बक्सिङ), रेहान जावेद (कराँते), मनीषाकुमारी बोहरा (कराँते), पुरुषोत्तम सिलवाल (चेस) र रौनक श्रीवास्तव (क्रिकेट) छन् । वर्ष प्रशिक्षकमा दीपक महर्जन (बक्सिङ), कुशल श्रेष्ठ (कराँते), मण्डेकाजी श्रेष्ठ (कराँते), स्टुआर्ट ल (क्रिकेट) र पुरनसिंह खत्री (दृष्टिविहीन महिला क्रिकेट) मनोनयनमा परेका छन् । 

पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्टस् (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र कराँतेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै क्रममा गरिनेछ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन तथा एनएसजेएफको आधिकारिक फेसबुक पेजबाट गरिनेछ ।

सुझावित समाचार