भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विशाल ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रुप तथा त्यससँग सम्बन्धित कम्पनीहरूले उपलब्ध गराएको सहयोग रकमको चेक प्रबन्ध निर्देशक अशोककुमार अग्रवालले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विशाल ग्रुपले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ।
यसैबिच, विशाल ग्रुपको सामाजिक उत्तरदायित्वसम्बन्धी संस्था भिजी फाउन्डेसनले पनि बाढी प्रभावितका लागि थप सहयोग गर्ने भएको छ। फाउन्डेसनले करिब एक करोड रुपैयाँबराबरका अत्यावश्यक सामग्रीसहितका पाँच हजार बक्स प्रभावित क्षेत्रमा उपलब्ध गराउने जनाएको छ।