बाढीपीडितलाई सहयोग गराैँ, पीडितलाई थप दुःख पुग्ने गरी कटु वचन नबाेलाैँ : गगन थापा

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा बाढीबाट प्रभावित परिवारको सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन्। सहयोग गर्न नसक्नेले कम्तीमा पीडितलाई थप दुःख पुग्ने गरी कटु वचन नबोल्न उनले अपिल गरेका छन्।

बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षणपछि भिडियो सन्देश जारी गर्दै थापाले विपत्ति निकै ठुलो रहेको बताए। उनले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

थापाले कांग्रेसको टोलीले स्थलगत निरीक्षणका क्रममा देखेका अवस्था र स्थानीयका गुनासोलाई समेटेर सरकार तथा आगामी चरणमा पार्टीले गर्नुपर्ने कामबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने जानकारी पनि दिए। उनले विपत्तिको समयमा सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन्।

सुझावित समाचार