सुजल डेरीको ‘सफल कुइजिन लाइन’ बजारमा

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी उद्योगले ‘सफल कुइजिन लाइन’ सार्वजनिक गरेको छ । कम्पनीले डेरीले उत्पादन गर्ने गुणस्तरीय दुग्धजन्य पदार्थलाई एकै समूहमा उपलब्ध गराउँदै विभिन्न स्वादका परिकार बनाउन उपयोगी सफल फ्रेस पनिर, सफल डेरी घिउ, सफल बटर, सफल नौनी र सफल क्रिममा समेट्दै कुइजिन लाइन ग्राहकसामु ल्याएको हो ।

यी उत्पादनको प्रयोगबाट घरमै सेलरोटी तथा अन्य परम्परागत नेपाली परिकारहरू, पनिर बटर मसलालगायतका परिकारसँगै विभिन्न ग्रेभी, मिठाई तथा अन्य परिकार बनाउन सकिने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार