प्रधानमन्त्री राहत कोषमा सिद्धार्थ प्रिमियरद्वारा एक करोड एक लाख सहयोग

बुधबार, १७ भदौ, २०८३
डिजिटल संस्करण

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा हुने गरी कम्पनीकी सञ्चालक हसना शर्माले सो रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

यसअघि २०८१ सालमा आएको बाढीवाट प्रभावितहरूका लागि ५१ लाख रुपैयाँ र जेन् - जी आन्दोलनको क्रममा क्षति भएको राष्ट्रिय सम्पदा पुनर्निर्माणका लागि पनि एक करोड १ लाख प्रदान गरेको कम्पनीले जनाएको छ।
 

सुझावित समाचार