पोखरा फाइनान्सका ग्राहकलाई सिद्धार्थ होटेल नारायणगढमा १० प्रतिशत छुट

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटेल, नारायणगढमा फुड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। पोखरा फाइनान्स र सिद्धार्थ होटेलबिच सोमबार ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा होटेलमा उपलब्ध फुड तथा बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ।
 

सुझावित समाचार