भोटेकोशी बाढी : खोज, उद्धार तथा राहतमा ७,९१२ प्रहरी परिचालित, २५ जना अझै सम्पर्कविहीन

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। नेपाल प्रहरीले ०८३ भदौ १६ गते दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ७,९१२ जना प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रहरीका अनुसार विपतमा ६५ जना प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्। खोज तथा उद्धारका क्रममा घाइते तथा उद्धार गरिएकाको विवरण संकलन तथा व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ।

बाढीपछि उद्धार गरिएका तथा अन्य कारणले विस्थापित भएकालाई विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ। कुल तीन हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेका छन्। तीमध्ये नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२५ जना रहेका छन्।

प्रहरीको तथ्यांकअनुसार घटनापछि शव व्यवस्थापन तथा पहिचानको कामसमेत भइरहेको छ। हालसम्म ६८४ शव जमिनमा गाडेर व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ। फेलापरेका शवमध्ये ८६५ जना स्वदेशी र १९३ जना विदेशी रहेको विवरणमा उल्लेख गरिएको छ। केही शव तथा मानव अवशेषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता तथा मृतकको विवरण संकलनका क्रममा पुरुष, महिला तथा बालबालिकाको छुट्टाछुट्टै विवरण तयार पारिएको छ। साथै, बाढी प्रभावित तथा बेपत्तासम्बन्धी सूचना संकलनका लागि फोनबाट समेत विवरण लिने कार्य भइरहेको छ।

नेपाल प्रहरीले उद्धार, शव व्यवस्थापन, राहत वितरण, प्रभावितको स्थानान्तरण तथा हराइरहेका व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ। सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार