हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. वैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आइतबार बसेको बैंक सञ्चालक समितिको ५०६औँ बैठकले अर्याललाई बैंकको अध्यक्षमा नियुक्त गरेको थियो । अर्यालले बैंकको संस्थापक समूहतर्फको सेयरधनी नेसनल लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्दै आएका छन् । उनको कार्यकाल आइतबारबाटै लागू भएको बैंकले जानकारी दिएको छ ।