शंकर ग्रुपले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि चार करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई भेटेर प्रधानमन्त्री राहत कोषका लागि चार करोडको चेक हस्तान्तरण गरेकी हुन् ।
विपत्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीज्यूमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि २५ लाखबराबरको २५ सय थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ । साथै, ग्रुपले विपत्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ र सम्पर्कविहीन नागरिकको सकुशल फिर्तीको कामना गरेको छ ।