भोटेकोशी बाढी प्रभावितलाई सांग्रिला विकास बैंकमार्फत ७० लाख

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकले १० भदौमा भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि ७० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख र बैंकका कर्मचारीका तर्फबाट २० लाख गरी कुल ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा उक्त रकम जम्मा गरेको हो ।

सो रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । यो विषम परिस्थितिमा बैंकले गहिरो दुःख जनाउँदै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 

सुझावित समाचार