बाढीबाट प्रभावित ग्राहकलाई सुबिसुले थप्यो सेवा अवधि

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले भोटेकोशी बाढीबाट इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई नवीकरण अवधि थपेको छ । कम्पनीले प्रभावितलाई सहजीकरण गर्न यसै अवधिमा कनेक्सनको म्याद सकिएका ग्राहकलाई थप सात दिनको सेवा अवधि उपलब्ध गराएको हो ।

बाढीपछि विशेषगरी भोटेकोशी तथा त्रिशूली नदीआसपासका बट्टार, चरौँदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायतका क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको छ । 

‘सुबिसुले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनर्स्थापनाको कार्यलाई निरन्तरता दिइरहेको छ,’ कम्पनीका प्रमुख सञ्चालन अधिकृत सुवास अधिकारीले भने, ‘प्राविधिक टोली सेवा यथाशीघ्र सुचारु गर्न फिल्डमा खटिएका छन् ।’ प्रभावित ग्राहकले सेवा तथा पुनर्स्थापनासम्बन्धी जानकारीका लागि कम्पनीको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

See More On

सुझावित समाचार