परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबिच टेलिफोन वार्ता

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानी विदेशमन्त्री मोटेगी तोसिमित्सुबिच सोमबार टेलिफोन वार्ता भएको छ। वार्तामा दुई विदेशमन्त्रीबिच नेपालमा पछिल्लो समय विकसित परिस्थितिबारे विचार आदानप्रदान भएको बताइएको छ। 

सो क्रममा जापानी विदेशमन्त्री मोटेगीले विपतका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता जनाए।

परराष्ट्रमन्त्री खनालले जारी खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए। उनले विपतको कठिन घडीमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि तत्परता देखाएकोमा जापान सरकारप्रति आभार व्यक्त गरे।

गत बुधबार रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका वेला उक्त टेलिफोन वार्ता भएको हो।

सुझावित समाचार