सिंगापुर बेभरेजेजको २० लाख सहयोग

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

सिंगापुर बेभरेजेज नेपाल प्रालिले बाढीपीडितको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कम्पनीले विपत्को कठिन परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

उक्त सहयोगमा कम्पनी तथा सम्पूर्ण कर्मचारीको संयुक्त योगदान रहने बताइएको छ । कम्पनीले ‘निम्बु पानी’लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ ।

सुझावित समाचार