उद्धारमा तीन हजार सुरक्षाकर्मी थपियो

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

बेपत्ताको खोजी र उद्धारका लागि शनिबार थप तीन हजार सुरक्षाकर्मी थपिएको छ । शुक्रबारसम्म करिब १५ हजार सशस्त्र प्रहरी खटिएकोमा शनिबारदेखि १८ हजार ७०८ जना खटिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन् ।

नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा उद्धारमा खटिएका छन् ।

संख्या थपिँदा पनि उद्धार कार्य चुस्त हुन नसकेको भनेर आलोचना भइरहेको छ । हालसम्म सात हजार ५१४ जनालाई स्थल तथा हवाईमार्गबाट उद्धार गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जलविद्युत् आयोजनामा फसेका २७९ जनाको उद्धार भएको छ । कतिपय अझै आयोजनाको सुरुङमा फसेका छन् । उद्धारमा १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । ‘तर, भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ । उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ ।’ 

सुझावित समाचार