बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि आयल निगमले वैकल्पिक मार्गबाट एलपी ग्यास आपूर्ति गर्ने भएको छ।

उद्योगीहरूसँग छलफलपछि बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली बुलेट रिफिल गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ।

कृष्णभिरको सडक नखुलेसम्म रिफिल गरिएका बुलेट वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री–वितरण गरिनेछ।

त्यस्तै, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याउने व्यवस्थासमेत मिलाइएको निगमले जनाएको छ।

सुझावित समाचार