अर्घाखाँची सिमेन्टद्वारा बाढी प्रभावितका लागि एक करोड ११ लाख सहयोग

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

अर्घाखाँची सिमेन्ट उद्योग लिमिटेडले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आइतबार कोषमा उक्त रकम जम्मा गरेको उद्योगका सञ्चालक राजेश अग्रवालले जानकारी दिए।

उद्योगका सञ्चालकहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आफूहरू बाढीपीडितहरूसँगै रहेको अग्रवालले बताए।

उद्योगको सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा टेवा पुग्ने विश्वास लिएको उनको भनाइ छ। रकम हस्तान्तरण कार्यक्रममा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकासहित अन्य प्रतिनिधिको समेत सहभागिता थियो।

उद्योगले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
 

सुझावित समाचार