कञ्चनपुरका दुई सहकारीले बाढीपीडितको राहतका लागि आर्थिक सहयोग गरेका छन्। भीमदत्त नगरपालिका– १८, महेन्द्रनगरको उदयदेव बहुउद्देश्यीय र निङलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका हुन्।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले दुई लाख ११ हजार रुपैयाँ सहयोग गरेको बताए। प्रमुख कार्यकारी अधिकृत चन्दले उक्त रकम प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा जम्मा गरेका हुन्।
निङलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेमसिंह भाटले राष्ट्रिय विपन् परेका वेला सहकारीका सेयर सदस्य, सञ्चालक समिति, लेखा उपसमिति, कर्मचारीका तर्फबाट ५१ हजार सहयोग गरेको बताए।
जिल्लाकै बहुचर्चित उदयदेव, निङलाशैनी सहकारीले अन्य सहकारी संस्थादेखि सहकारीकर्मीहरूलाई समेत खाजा खर्च घटाएरै भए पनि बाढीपीडितका लागि सहयोग गर्न आह्वान गरेका छन्।