कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाबाट एक–एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लम्कीचुहा– १, बनाना होटेलमा बसिरहेको अवस्थामा जानकी गाउँपालिकाका ३१ वर्षीय प्रेमबहादुर चौधरीलाई पक्राउ गरिएको हो । उनको साथबाट एक ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, टीकापुर– १, खक्रौला नाकाबाट १८ वर्षीय एक किशोर लागुऔषधसहित पक्राउ परेका छन् । उनको साथबाट ६८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जारी गरेको ‘प्रेस नोट’मा उल्लेख गरिएको छ ।