कृष्णभिरमा सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

कृष्णभिरमा सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएको हो । सडक भासिएसँगै अहिले काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरी सडक भासिएपछि काठमाडौंबाट बाहिरिने र कृष्णभिरकाे बाटो हुँदै काठमाडौं भित्रिने कैयौँ सवारीसाधन अहिले बिचबाटोमै अलपत्र परेका छन् ।

बिहान रसुवा भोटेकोशी क्षेत्रबाट आएको बाढीले त्रिशूली नदी गल्छी धादिङ बाढीमापन केन्द्रमा जलसतह तीन मिटर बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सुझावित समाचार