शव व्यवस्थापनमा समस्या, औँठाछाप र डिएनए लिएर राख्न थालियो

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

बाढीमा परेर मृत्यु भएकाहरूको शव तत्काल सनाखत र हस्तान्तरण गर्न कठिन हुने भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै शवको औँठाछाप र डिएनए नमुना लिन थालिएको छ । ठुलो संख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिए पनि सरकारले पछि सनाखत गर्न सहज होस् भनेर यसरी शवको नमुना लिन थालिएको हो । रेडक्रसको अन्तर्राष्ट्रिय निर्देशिकाअनुसार शवको व्यवस्थापन गर्न लागिएको छ ।

लामो समय राख्दा औँठाछाप र डिएनएको नमुना नआउने भएकाले अहिले नै लिएर राख्न लागिएको एक उच्च प्रहरी अधिकारीले बताए । यस विषयमा शुक्रबार गृह मन्त्रालयमा पनि छलफल भएको थियो । छलफलपछि शव व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय भएको हो ।

शव व्यवस्थापनका लागि नेपाल प्रहरीले एसएसपी योगबहादुर पालको नेतृत्वमा एक कमिटी बनाएको छ । सो कमिटीले शुक्रबार शिक्षण अस्पतालमा ल्याइएका सबै शवको औँठाछाप र डिएनएन नमुना लिएको छ । शुक्रबार बेलुकासम्म पाँच सय ७९ संकलन भइसकेकोमा चितवन, तनहुँ क्षेत्रमा भेटिएका एक सययभन्दा धेरै शव पोखरा लगेर डिएनएनको नमुना लिएर राखिएको छ ।

सुझावित समाचार