भोटेकोशी बाढी : चार हजार ४५१ जनाको उद्धार, ५७९ शव फेला

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण
भोटेकोशी बाढी : चार हजार ४५१ जनाको उद्धार, ५७९ शव फेला

बगर बनेको नुवाकोटको देवीघाट बजार क्षेत्र

भोटेकोशी र त्रिशूली नदीको बाढीमा हालसम्म ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको विवरण अद्यावधिक गर्दै सो जानकारी दिएको हो।

प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३६, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी (पूर्व)मा १५४, नवलपरासी (पश्चिम)मा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेलापरेको छ।

हालसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ र हवाई उद्धारबाट ५१७ जनाको उद्धार गरिएको हो।

१०१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

सुझावित समाचार