रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५३८ पुगेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्राधिकरणका अनुसार बाढीमा सबैभन्दा धेरै चितवनमा २२१ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १३४, गोरखामा विभिन्न मानव अंगसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।
त्यस्तै, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ। विपतमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका तीनजना रहेका छन्।
९७७ जना अझै सम्पर्कविहीन
बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बेपत्तामध्ये ठुलो संख्या विदेशी नागरिकको छ। ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका तथा विदेशमा बस्ने १२७ जना नेपाली सम्पर्कविहीन छन्।
