शव सनाखतका लागि प्रहरीद्वारा पोर्टल सञ्चालन

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

बाढीमा ज्यान गुमाउनेहरूको शवको सनाखतका लागि प्रहरीले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । सो पोर्टलमा शवको फोटो हेरेर सनाखतका लागि सहयोग गरिदिन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले आफ्नै वेबसाइटमा यससम्बन्धी पोर्टल बनाएको हो । क्युआर स्क्यान गरेर पनि शवको विवरण हेर्न सकिने प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए ।

प्रहरीले देशैभरिका कार्यालयबाट सम्पर्कविहीनहरूको विवरण संकलन गरिरहेको छ । नजिकको जिल्ला प्रहरी कार्यालयमा हराएका व्यक्तिहरूको विवरण उपलब्ध गराउन प्रहरीले सूचनामार्फत आग्रह गरेको छ ।

सुझावित समाचार