विपतकाे नाममा हुने स्क्यामबाट सचेत रहन प्रहरीको आग्रह

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीले विपतकाे संवेदनशील समयमा राहत तथा सहयोगका नाममा सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत ठगी हुन सक्ने भन्दै आमनागरिकलाई सचेत रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्न सक्नेछन्। यस्तै, सरकारी निकायको नाम, लोगो तथा ढाँचा नक्कल गरी फर्जी क्युआर कोड बनाएर सामाजिक सञ्जालमा फैलाउने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।

फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम र भाइबरलगायत प्लाटफर्ममा नक्कली राहत कोष वा सहयोग अभियानका नाममा फर्जी पेज तथा समूह सञ्चालन गर्ने, राहत सहयोग दर्ताका नाममा फोन गरी व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने र फिसिङ लिंकमार्फत ओटीपी तथा पासवर्ड चोरी गर्ने प्रयास हुन सक्ने प्रहरीले जनाएको छ।

सुझावित समाचार