भोटेकोशी बाढीपछि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प, उद्धारदेखि पुनर्निर्माणसम्म एकजुट हुने प्रतिबद्धता

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपतकाे सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा बाढीका कारण भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा वातावरणीय संकटप्रति दुःख व्यक्त गरेको हो।

बैठकले विपतकाे अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा चुनौती भएको निष्कर्ष निकाल्दै राजनीतिक मतभेदभन्दा माथि उठेर विपत व्यवस्थापनमा एकजुट हुने प्रतिबद्धता जनाएको छ।

नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राख्दै सबै राजनीतिक दल एकढिक्का भएर विपतकाे सामना गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले प्रभावकारी रूपमा लिनुपर्नेमा दलहरू एकमत भएका छन्।

बैठकमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंहलगायत सहभागी थिए।

यी हुन् सर्वदलीय बैठकका साझा संकल्प 
 

सुझावित समाचार