२१ दिनपछि कर्णाली सरकारले पूर्णता पाएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो।
मुख्यमन्त्री मंगलबहादुर शाहीको दल नेकपामा मन्त्री हुने आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।आकांक्षी धेरै भए पनि नवनियुक्त मन्त्रीहरूमा सबै महिला भएका छन्। जसमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का छन् ।
खड्काद्वय रुकुम पश्चिमका हुन् भने लामा हुम्लाकी हुन्। मुख्यमन्त्रीसहित चार मन्त्रालय पाएको नेकपाले पूर्वसमाजवादी धारकी कल्याणीलाई पनि मन्त्री बनाएको छ।