बुधबार बिहान तिब्बत हुँदै रसुवा प्रवेश गरेको बाढीले भोटेकोशी र त्रिशूली नदी नजिकका ९ बैंकमा क्षेति पु-याउँदा २४ जना कर्मचारी सम्पर्कबाहिर छन् । बाढीले स्याफ्रुबेँसी, नौमुरे र टिमुरेमा रहेका विभिन्न नौवटा बैंकका शाखा बगाएको छ ।
बाढीका कारण २४ जना कर्मचारी सम्पर्कबाहिर रहेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बताए । बाढीले नबिल, ग्लोबल आइएमई, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, हिमालयन, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंकका शाखा बगाएको हो ।
‘सबै बगाएको छ, केही पनि छैन, खण्डहर भएको छ,’ उनले भने, ‘सुरुमा ३० जनाहाराहारी सम्पर्कबाहिर हुनुहुन्थ्यो, अहिले ६ जनाजति सम्पर्कमा आइसक्नुभयो, २४ जना सम्पर्कबाहिर हुनुहुन्छ, आशा छ भोलिसम्म सम्पर्कमा आउनुहुनेछ ।’
बुधबार उद्धार र राहतमा मात्रै लागिएको भन्दै अध्यक्ष कोइरालाले बिहीबारदेखि क्षतिका अन्य विवरण संकलन तथा मूल्यांकन गरिने जानकारी दिए ।