नेपाली सेनाका पाँचवटा हेलिकाेप्टरबाट उद्धार कार्य जारी

हालसम्म नेपाली सेनाले ११४ जनाको हवाईमार्फत तथा ६३ जनाको जमिनबाट उद्धार गरिसकेको छ

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण
  • प्रभावितहरूको खोज तथा उद्धार कार्यमा दुई हजारभन्दा बढी फौज परिचालन

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकाेप्टरबाट उद्धार कार्य जारी राखेकाे छ। 

हालसम्म नेपाली सेनाले ११४ (भाद्र १० गते ९७, आज बिहान मैलुङको टनेलबाट तीन र टिमुरेबाट १४) जनाको हवाई साधनमार्फत तथा ६३ जनाको जमिनबाट उद्धार गरिसकेको छ।

नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा दुई हजारभन्दा बढी फौज खटिई खोजउद्धार तथा राहत वितरण कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। 

रातभर नेपाली सेनाका ११ वटा टिमले जमिनी उद्धार कार्य जारी राखेको थियो। नेपाली सेनाका ११ वटा ट्रकबाट राहत सामग्री त्रिशूलीमा ढुवानी गरीएकाे छ । हवाई साधनद्वारा आवश्यकताअनुसार प्रभावित स्थानहरूमा पुर्‍याउने कार्य भइरहेको  सेनाले जनाएको छ। 

हालसम्म चार सटल राहत सामग्री टिमुरे पुगिसकेको छ। साथै, मेडिकल टिम थप गरी त्रिशूलीमा घाइतेहरूको उपचारको कार्य जारी रहेको सेनाले जनाएको छ । 

सुझावित समाचार