कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनप्रेरित नेपाल ‘ए’ ले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा चलिरहेको टप एन्ड टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा नेपालले एसिटी कोमेट्सलाई ४ विकेटले पराजित गर्यो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बंगलादेश ११ सँग ९ विकेटले पराजित भएको थियो ।
यता, एसिटी भने लगातार चौथो खेलमा पराजित भयो । टोली कोमेट्स किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए ११ सँग ८ विकेट तथा र एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो ।
खेलमा नेपालका कप्तान कुशल भुर्तेललेले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय लिएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको एसिटीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले नेपालले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । पवन सर्ताफ २९ रनमा अविजित रहेका थिए। मयन यादवले २१ रन बनाएका हुन् ।
एसिटीका लागि ज्याक कहले ३ विकेट लिए भने जित मेहताले २ विकेट लिन सफल भए ।
यसअघि एसिटीका लागि डायलान हन्टरले सर्वाधिक ४४ रन बनाए । अंश तिवारी र निक ब्रोएसले समान १९ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । उनले २ ओभरमा ९ रन मात्रै दिएका थिए । युवराज खत्रीले २ विकेट लिएका हुन् ।
अब, पाँचौँ खेलमा नेपालले बिहीबार किङ्समेनसँग खेल्नेछ ।