कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले रसुवामा आएको बाढीबाट उत्पन्न विपतलाई मध्यनजर गर्दै पार्टीका निर्धारित सबै कार्यक्रम स्थगित गरी राहत तथा उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

बाढीका कारण रसुवासहित भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा जोखिम बढेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित रहन उनले आग्रह गरे। साथै, सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने थापाको भनाइ छ।

विपतकाे अवस्थालाई ध्यान दिँदै बुधबार तय गरिएको ‘ग्रिन टेबल’ र बिहीबार आयोजना हुने ‘महिला उद्यमी सम्मेलन’समेत स्थगित गरिएको कांग्रेसले जनाएको छ। 

सुझावित समाचार