रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ। बाढीका कारण जोखिममा परेका तथा प्रभावित नागरिकलाई नेपाली सेनाले हेलिकाेप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरेको हो। उद्धार कार्यलाई आवश्यकताअनुसार निरन्तरता दिइने जनाइएको छ।
बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक अवस्थामा सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।