रसुवामा कार्यरत २६ जना प्रहरी अझै सम्पर्कविहीन छन्। इप्रका टिमुरे, स्याफ्रुबेँसी, टिमुरे र मेलुङमा कार्यरत प्रहरी सम्पर्कविहीन बनेका हुन्।
दिउँसो ४ बजेसम्म २६ प्रहरीसँग सम्पर्कविहीन रहेको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। रसुवामा प्रहरीका चार कार्यालय बाढीले बगाएको छ। सशस्त्र प्रहरीका पनि नौजना सम्पर्कविहीन भएकोमा केही सम्पर्कमा आएको डिएसपी शैलेन्द्र थापाले बताए।