बुधबार भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नुवाकोट–रसुवा क्षेत्रमा घुम्न गएका ३८४ पर्यटक बेपत्ता भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली छन् । यो विभिन्न १० वटा ट्राभल कम्पनीमार्फत घुम्न गएका पर्यटकको विवरण हो। व्यक्तिगत रूपमा घुम्न गएका धेरैजना पनि सम्पर्कविहीन भएका छन्।
