रसुवाको भोटेकोशीमा गएको बाढीबाट उत्पन्न अवस्थाबारे छलफल तथा आवश्यक निर्णय लिन मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मध्याह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् ।
बैठकमा भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा तत्काल गर्नुपर्ने उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ। बाढीपछि उत्पन्न परिस्थितिमा सरकारका तर्फबाट आवश्यक कदम चाल्ने सम्बन्धमा समेत बैठकले निर्णय गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।