रिभोल्टको ‘आरभिएक्स’ नेपालमा सार्वजनिक

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

एमभी दुगड ग्रुप र रिभोल्ट मोटर्सले विद्युतीय मोटरसाइकल ‘आरभिएक्स’ सार्वजनिक गरेका छन् । रिभोल्ट मोटर्सका लागि नेपालमा आधिकारिक वितरक एमभी दुगड ग्रुपले आरभिएक्सलाई नयाँ पुस्ताका नेपाली राइडरलाई लक्षित गरी बजारमा ल्याएको जनाएको छ । मोटरसाइकलमा ५.३ किलोवाटसम्मको उच्चतम शक्ति, एक सय ६० किमिको आइडिसी दायरा तथा नयाँ ‘बुस्ट मोड’ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

आरभिएक्सको प्रारम्भिक मूल्य सीमित अवधिका लागि तीन लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो सोमा सार्वजनिक गरिएको हो । प्रदर्शनी कक्ष तथा काठमाडौंको पानीपोखरीस्थित मुख्य सोरुमबाट यसको बुकिङ र परीक्षण सवारी सुरु भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आरभिएक्समा चार किलोवाट क्षमताको मध्यभागमा जडान गरिएको स्थायी चुम्बकीय समकालिक मोटर प्रयोग गरिएको छ । यसले ५.३ किलोवाटसम्मको उच्चतम शक्ति र पांग्रामा २३० न्युटन मिटरबराबरको अधिकतम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ ।

मोटरसाइकलले शून्यबाट ४० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन सक्नेछ । नयाँ ‘बुस्ट मोड’ प्रयोग गर्दा यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ । आरभिएक्समा ३.२४ किलोवाट घण्टा क्षमताको निकालेर छुट्टै चार्ज गर्न मिल्ने एनएमसी ब्याट्री राखिएको छ । एकपटक पूर्ण चार्ज गर्दा यसले एक सय ६० किलोमिटरसम्मको आइडिसी दायरा प्रदान गर्ने कम्पनीको दाबी छ । 

See More On

सुझावित समाचार