भोटेकोशी बाढी : धादिङ–गल्छीआसपास, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठुलो बाढी धादिङको गल्छीआसपास पुगेको र अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदआसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै नदीकिनारका बस्ती, बजार तथा संवेदनशील क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न र नदीको बहाबनजिक नजान अनुरोध गरिएको छ।

यसअघि गृह मन्त्रालयले पनि रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनका भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा आवतजावत रोक्नसमेत अनुरोध गरिएको छ।

सुझावित समाचार