रसुवामा भीषण बाढी, प्रहरी चौकीसहित टिमुरे बजारका घर बगायो

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण
रसुवामा भीषण बाढी, प्रहरी चौकीसहित टिमुरे बजारका घर बगायो

फाइल तस्बिर

रसुवाको त्रिशूली नदीमा भीषण बाढी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले ठुलो क्षति गरेको छ। 

बाढीले इप्रका रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेँशी, इप्रका टिमुेर, प्रहरी चौकी मेलुङ बगाएको छ। त्यसमा प्रहरीहरूसमेत बेपत्ता छन्। ती युनिटका प्रहरीसँग सम्पर्क हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढीले टिमुरे क्षेत्रमा ठुलो क्षति पुर्याएको छ। 

चीनतर्फबाटै बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। बाढीले सर्वसाधारणका पनि धेरै घर बगाएको छ। त्रिशूली नदीआसपासका अन्य सर्वसाधारणलाई पनि सचेत रहन भनिएको छ। 

सुझावित समाचार