सूचना प्रविधि क्षेत्रमा निर्धक्क लगानी बढाउनुस् : अर्थमन्त्री

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको स्पष्ट पारेका हुन् । 

‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठुलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्,’ उनले भने, ‘सरकार तपाईंको साथमा छ । के–के गर्नुपर्ने हो भन्नुहोस् ।’ सरकारले यस वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको, एआईको विकासका लागि बजेट विनियोजन गरेको र सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई प्रोत्साहनको नीति लिएको उनको भनाइ थियो । 

विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा नेपालमा लामो समय र धेरै लगानी गरेको स्मरण गर्दै उनले सूचना प्रविधि क्षेत्र लगानी गरेर पनि कम समयमा प्रतिफल प्राप्त गर्ने क्षेत्र रहेको बताए । 

सुझावित समाचार