कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा ३१ भदौ ०८३ का लागि आह्वान गरिएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०८२/८३ को सञ्चित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीलाई नौ प्रतिशत तथा आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गर्ने एजेन्डा तय भएको छ । त्यस्तै, सभाले लेखा परीक्षकको प्रतिवेदनसहित गत आवको वार्षिक वित्तीय विवरणलगायतका विभिन्न अनुसूची पारित गर्ने र लेखा परीक्षक नियुक्त पनि गर्नेछ ।
लाभांश तथा साधारणसभा प्रयोजनका लागि बैंकले १८ भदौमा बुक क्लोज गर्ने निर्णय गरेको छ । १७ भदौसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् । गत वर्ष बैंकले बोनस सेयर तथा नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।