टिसिएल एसीको बिक्री १० करोड युनिट नाघ्यो

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

विश्वव्यापी होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले एयर कन्डिसनर (एसी) व्यवसायमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीका अनुसार सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म टिसिएलका एसीको विश्वव्यापी बिक्री १० करोड युनिट नाघेको हो ।

विश्व एयर कन्डिसनर बजारसम्बन्धी अनुसन्धानका आधारमा फ्रोस्ट एन्ड सुलिभानले टिसिएलको विश्वव्यापी बिक्री १० करोड नाघेको जनाएको हो । यस उपलब्धिले विश्व एसी बजारमा कम्पनीको बढ्दो उपस्थितिका साथै ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको बताइएको छ । कम्पीले एसी निर्याततर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ । 

See More On

सुझावित समाचार