एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, \'नाडा अटो सो\'मा सार्वजनिक हुने

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ। एलआरआरले बिई ११ मोडलका स्काईवेल इभी नेपाल ल्याएको हो। कम्पनीले अहिले दुई भेरियन्ट नेपाल ल्याएको छ। यी इभी नाडा अटो सो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

 सोमबार उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी र अटोमोबाइल्स प्रेमीहरूका बिचमा औपचारिक रूपमा स्काईवेलको लोगो अनावरण गरेका छन्।

कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बिई ११ ले एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ। साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बिई ११ ले एकपटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ।

यो इभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ। यी दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ। यसमा 800V हाई-भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ।  

पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेस र आधुनिक बडी डिजाइनले यो 'इभीलाई लक्जरी बनाएको छ। साथै, यो इभीमा १९८ एमएमको भव्य ग्राउन्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ।

५ सिट क्षमताको यो इभीको वारेन्टी र मूल्यलगायतका विषय भने औपचारिक रूपमा गाडी सार्वजनिक गर्दा जानकारी गराइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आक्रामक मूल्यमा यो इभी सार्वजनिक हुनेछ। नाडा अटो सोमा कम्पनीको स्टल ‘एच१९’ रहेको छ।
 

सुझावित समाचार