बागमती प्रदेश सभामा विश्वासको मतअगावै राप्रपाका तीन प्रदेश सांसद पदमुक्त भएका छन्। प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ केन्द्रीय अनुशासन समितिको सिफारिसबमोजिम पदमुक्त भएका राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीको पटक-पटकको निर्देशन अवज्ञा गरेको, ह्विप उल्लंघन गरेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका भन्दै पार्टी केन्द्रले उनीहरूलाई कारबाही गरेको हो।