प्रतापपुर गाउँपालिका अध्यक्ष यादव पक्राउ

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

सरकारी कागजात किर्ते र जालसाजीको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव पक्राउ परेका छन्।

यादवलाई अब अदातलमा पेस गरी म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक सोम ढकालले जानकारी दिए। नवलपरासी प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार आरोपी यादव आफैँ प्रहरी कार्यालयमा उपस्थित भई गिरफ्तारी दिएका हुन्।

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले गत जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलटारीमा जाहेरी दिएका थिए।

जाहेरीका आधारमा नवलपरासी अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि त्यसविरुद्ध यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए। 

सुरुमा उच्च अदालतले साउन २८ गते सम्म निषेधाज्ञाको अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि भोलिपल्टै उच्च अदालतले सो आदेशलाई निरन्तरता दिन नपर्ने ठहर गरेको थियो।

सुझावित समाचार