एनआइसी एसिया बैंकले गरिब तथा विपन्न विद्यार्थीका लागि विद्यालय पोसाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दक्षिणकाली नगरपालिका– ८, छैमलेस्थित श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीलाई उक्त सहयोग गरेको हो ।
श्रीकृष्ण माविमा अध्यनरत दुई सय ६ भन्दा धेरै विद्यार्थीलाई ट्र्याकसुट, टिसर्टसहित विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको बैंकले जानकारी दिएको हो । बैंकको काठमाडौं दक्षिण सर्कल हेड उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख सुदीप रेग्मीले प्रधानाध्यापक रमेश आचार्यलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहजता हुनुका साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।