संस्थापनको महाधिवेशन प्रक्रियामा सामेल नहुन शशांकको अपिल

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका देउवा समूहका संयोजक डा. शशांक कोइरालाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन कार्यतालिका र प्रक्रियाले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने खतरा औँल्याएका छन्।

कोइरालाले शुक्रबार विज्ञप्तिमार्फत तथाकथित विशेष महाधिवेशनका नाममा हुने कुनै पनि अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेका छन्।

उनले विशेष महाधिवेशनका कारण हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित अवस्थामा रहेको उल्लेख गर्दै यस्तो विवादकै बीच अधिवेशन वा महाधिवेशन गरिए पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने चेतावनी दिएका छन्। त्यसको प्रत्यक्ष असर आगामी स्थानीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पर्ने उनको भनाइ छ।

कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशन अवैधानिक र विभाजनकारी हुने दाबी गर्दै त्यस्ता गतिविधि नगर्न–नगराउन आग्रह गरेका छन्। साथै, पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुन उनले अपिल गरेका छन्।

सुदृढ, सबल र गतिशील कांग्रेस निर्माणका लागि अहिले पार्टीभित्र सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेकोमा कोइरालाले जोड दिएका छन्।

See More On

सुझावित समाचार