चालू आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन अर्थात् भदौ ३ गतेसम्ममा एक खर्ब दुई अर्ब ३० करोड ९१ लाख रुपैयाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
बिहीबारसम्म भने एक खर्ब पाँच अर्ब ५० करोड ३१ लाख रुपैयाँ राजस्व उठेको छ । त्यसमा कर राजस्व ९६ अर्ब ६५ अर्ब २५ करोड, गैरकर राजस्व ७५ अर्ब ३३ करोड ८० लाख, अनुदान २५ करोड १० लाख अन्य आम्दानी एक अर्ब पाँच करोड ५० लाख ३१ हजार रहेको छ ।
गत आवको भदौ ४ गतेसम्म सरकारले ९१ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ राजस्व उठाएको थियो । त्यसको तुलनामा चालू आवको भदौ ४ गतेसम्ममा १५.२६ प्रतिशतले राजस्व बढेको छ ।
सामान्य पहिलो महिनामा राजस्व संकलन न्यून हुन्छ । त्यो अवस्थामा राजस्वमा आएको वृद्धिलाई सकारात्मक रूपमा हेरिएको छ । सरकारले आर्थिक वर्ष ०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।